ब्रेकिङ स्टोरी

महाअभियोग समिति बैठक बस्दै : निलम्बित प्रधानन्यायाधीशसँग बयान लिइने

By खबरहब

August 31, 2022

काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ।

सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणासँग बयान लिन लागेको हो।

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो।

१ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो।

सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो।