फाइल तस्बिर

ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

By खबरहब

August 31, 2022

काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्‍याउनका लागि कार्यदलको बैठक बस्न लागेको हो।

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन।

नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्टि«य जनमोर्चाले २ सिटमा दाबी गरेका छन्। दलका दाबीमाथि कार्यदलले छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन।

शीर्ष नेताहरुको बैठकबाट सिट बाँडफाँटको टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएपछि बुधबार बैठक बस्न लागेको हो।