खेलकुद

साउथह्याम्पटनसँग चेल्सी पराजित

By खबरहब

August 31, 2022

काठमाडौँ – साउथह्याम्पटनसँग २-१ ले पराजित हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा पहिलो दोस्रो बेहोरेको छ।

मंगलबार राति भएको खेलमा घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक-एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औं मिनेटमा अग्रता लिएका थिए।

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा छ।

अर्को खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो। क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १-१ गोलको बराबरी खेले।

(यसअघि पहिलो हार भएकाले सच्याइएको छ : सम्पादक)