फाइल फोटो

राजनीति

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक पर्सि बस्ने

By खबरहब

August 31, 2022

विराटनगर – प्रदेश नम्बर १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन पर्सि शुक्रबार सुरु हुने भएको छ ।

गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक पर्सि दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ ।