सांकेतिक तस्बिर

समाचार

अछाममा युवक मृत फेला, टाउकोमा चोट

By खबरहब

August 31, 2022

अछाम – जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन् ।

मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ । मृत्युको कारण यकिन हुन नसकेको उनले बताए ।

गए राति करिब १० बजे घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको विष्टले जनाएका छन् ।