फाइल तस्बिर

राजनीति

‘राजनीतिक पार्टी र मिडियाको दबाब अस्वीकार गर्दा महाअभियोग लगाइयो’

By खबरहब

August 31, 2022

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको दाबी गरेका छन् । आज समितिमा बयान दिँदै जबराले यस्तो बताएका हुन् ।

बयान दिने क्रममा राणाले राजनीतिक पार्टी र मिडियाले कार्कीलाई प्रधान न्यायाधीशको कुर्सीमा राख्न आफूमाथि दबाब आएको बताए । उक्त प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको बताएका छन् ।

राणाले अदालतमा गुटबन्दी कार्कीले नै गरेको आरोप लगाए । महाअभियोगको राजनीतिक औचित्यबाहेक केही नरहेकाले आफूले न्याय पाउनुपर्ने उनको भनाई छ   ।