बैंक/वित्त

एन आई सी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सार्वजनिक (भिडियो)

By खबरहब

August 31, 2022

काठमाडौँ – एन आई सी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ । देशको दुरदराजमा रहेका ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले उक्त सन्देश सहितको भिडियो सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ ।  साथै, अधिकतम बल, बुद्धि र विवेक सहितको अठोटले कठिन उचाइहरु समेत सहजै चुम्न सकिने सन्देश समेत भिडियोमा रहेको छ ।

बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धीहरूलाई मनन गर्दै हाल पाँच वर्षे  ‘अठोट २२–२७’ रणनीति तय गरेको छ । यसमा आफूलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको बैंकले जनाइएको छ ।