तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतद्वारा श्रीलंकालाई २१ हजार टन मल सहयोग

By खबरहब

August 31, 2022

काठमाडौँ- भारतले चरम आर्थिक संकटको सामना गरिरहेको छिमेकी मुलुक श्रीलंकालाई २१ हजार टन मल प्रदान गरेको छ ।

श्रीलंकाली जनतालाई भारतको विशेष सहायता अन्तर्गत २१ हजार टन मल हस्तान्तरण गरिएको श्रीलंकाको राजधानी कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्याललाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसअघि गत महिना पनि भारतले श्रीलंकालाई ४४ हजार टन मल प्रदान गरेको थियो । यसको कूल बजार मूल्य ४ अर्ब अमेरिकी डलर बराबर रहेको एएनआईले जनाएको छ ।

श्रीलंकालाई प्रदान गरिएको मल सहायताले त्यहाँको खाद्य सुरक्षामा सहयोग पुग्ने भारतीय पक्षको विश्वास रहेको छ ।

यस वर्षको सुरुवातबाट श्रीलंकाले चरम आर्थिक संकटको सामना गरिरहेको छ भने त्यहाँ अत्यावश्यक वस्तुको पनि अभाव देखिएको छ ।