फाइल फाेटाे

अपराध

सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ताको तयारी

By खबरहब

October 31, 2022

काठमाडौँ – नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज (सोमबार) मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका उनीविरुद्ध प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको १ हप्तापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो ।

विदेशबाटै फर्कँदै गर्दा  २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीप प्रहरी हिरासतमा बसिसकेका छन्। जबरजस्ती करणी मुद्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थुनेर अनुसन्धान गर्न पाउँछ। तर, तिहार र छठको एक साता लामो बिदाका कारण सन्दीप २५ दिनभन्दा लामो समय हिरासतमा बसेका थिए ।

आज सोमबार अदालत खुलेसँगै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको तयारी गरेको हो । १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा भदौ २१ गते किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका थिए ।