क्रिकेट

पिएम कप : लगातार दोस्रो जितको दाउमा पुलिस

By खबरहब

October 31, 2022

काठमाडौँ – प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (सोमबार) दुई खेलहरु हुँदैछन्।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दुबै टोलीको प्रतियोगितामा पहिलो खेल हो।

मुलपानी क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ। पुलिस प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहलो खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय ९२ रनले पराजित गरेको थियो। दुबै खेल बिहान सवा ९ बजे सुरु हुनेछ।

समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन्। समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेका छन्। दश टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्नेछन्।