राजनीति

राप्रपाको घोषणापत्र : नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने

By खबरहब

October 31, 2022

काठमाडौँ – राप्रपाले नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको राप्रपाले नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको हो।

परराष्ट्र नीतिमा सबैको मित्रता स्वीकार गर्ने, तर हस्तक्षेप अस्वीकार गर्ने बताएको राप्रपाले असंलग्न र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख छ।

नेपालको भू-भाग कसैकोविरुद्ध प्रयोग हुन नदिने, सबै असमान सन्धि सम्झौता तथा सीमा विवादलाई कूटनीतिक माध्यमबबाट टुंगो लगाउने आफ्नो चुनावी घोषणापत्रमा राप्रपाले उल्लेख गरेको छ।