फाइल फोटो

राजनीति

निर्वाचनमा परिर्वतन चाहने शक्तिको जीत हुन्छ : एमाले अध्यक्ष ओली

By खबरहब

October 31, 2022

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् ।

“देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा – ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका– ३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले भने ।

उनले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताए । अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को सरकार बन्ने उनको दाबी थियो ।

उनले आज नै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए ।