राजनीति

नेकपा माओवादी केन्द्रको घोषणापत्र – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको शासकीय स्वरुप

By खबरहब

October 31, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक गरेको घोषणापत्रमा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरुप अघि सारेको छ ।

माओवादीले संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशसभा पनि प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख रहने उल्लेख गरेको छ ।