राजनीति

माओवादीको घोषणापत्र – सामुदायिक आवास बनाउने, गरिबीको दर आधा घटाउने, बिनाधितो ऋण दिने

By खबरहब

October 31, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा माओवादी केन्द्रले विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका विभिन्न कार्यक्रम अघि सारेको छ ।

विपन्न असहाय र ज्येष्ठ नागरिकका लागि माओवादीले सामुदायिक आवास बनाउने, ५ वर्षमा गरिबीको दर आधा घटाउने, गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मको बिउ पूँजी बिनाधितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।