समाचार

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

October 31, 2022

काठमाडौँ- नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ४ सय ३६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने ३६ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।