प्रतिकात्मक तस्वीर

समाचार

डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु

By खबरहब

October 31, 2022

काठमाडौँ- नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो ।

यससँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।