फाइल फोटो

राजनीति

कांग्रेसद्वारा समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन

By खबरहब

October 31, 2022

काठमाडौँ- नेपाली कांग्रेसले आसन्न मङ्सिरमा हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली जनसम्पर्क समिति भारत समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन गरेको छ ।

कांग्रेसले मङ्सिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठित उक्त समितिमा भारतका विभिन्न सात क्षेत्रलाई समेटेर तीन सय ६० सदस्य मनोनित गरेको हो ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा उत्तर भारत, पश्चिम उत्तर भारत, पश्चिम भारत, दक्षिण पश्चिम भारत, दक्षिण भारत, पूर्वोत्तर क्षेत्र र मध्य भारत क्षेत्र समेटिएर सदस्य मनोनित गरेको जनाइएको छ ।