फाइल फोटो

क्रिकेट

नेपालले युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने

By खबरहब

October 31, 2022

काठमाडौं – नेपाली क्रिकेट टोलीले युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने भएको छ । यही कार्तिक २८ गतेदेखि नेपालले घरेलु मैदानमा युएईसँग सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपालले पहिलो खेल कार्तिक २८ मा पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक ३० मा खेल्नेछ । तेस्रो खेल मंसिर २ मा खेल्नेछ । सबै खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि युएईसँग सिरिज खेल्न लागेको हो । नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्नेछ । नेपाल, नामिबिया र स्कटल्यान्डबीच सिरिज हुनेछ । जुन सिरिज डिसेम्बर २ देखि सुरु हुनेछ ।