खेलकुद

बेन्जेमाको गोलमा रियलको जित

By खबरहब

December 31, 2022

काठमाडौँ – करिम बेन्जेमाले दुइ गोल गरेपछि स्पेनिस ला लिग फुटबलमा रियल मड्रिडले रियल भालाडोलिडलाई शुक्रबार राति २–० ले पराजित गरेका छ।

जितसँगै रियल शीर्षस्थानमा बार्सिलोनालाई एक अंकले पछि पारेको छ। कार्लोस एन्सेलोटीको टोलीले जोस जारिला मैदानमा कतार फिफा विश्वकप पछि पहिलो खेल खेलेको हो।

फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीले घाइते भएपछि कतार विश्वकप गुमाएका थिए। व्यवसायिक खेलकुदमा फर्किनु अघि बेन्जेमाले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए। पहिलो हाफ सकिन सात मिनेट अघि बेन्जेमाले पेनाल्टीमा अग्रता बनाएका थिए। खेल सकिन एक मिनेट अघि दोस्रो गोल गरेका थिए।

खेलको ८२औं मिनेटमा फल गरेपछि भालाडोलिडका सर्जियो लिओन रातो कार्डको सामना गर्न पुगेका थिए। यस अघि खेलको १०औं मिनेटमा रियलले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन। जाभि सान्चेजले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई मार्काे एसेन्सियोले सदुपयोग गर्न सकेका थिएनन्।