आर्थिक

प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो

By खबरहब

January 01, 2023

काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ। यससँगै सूचक २०३७.२० विन्दुमा पुगेको छ।

२४ कम्पनीको कूल २ हजार २३८ कित्ता सेयर खरिदबिक्री हुँदा र ११ लाख ७५ हजार ६२२ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २१ कम्पनीको परिसूचक उकालो लागेको छ भने जम्मा २ को मूल्य घटेको र एक कम्पनी स्थिर छ।

१३ उपसूचकहरूमध्ये ८ कम्पनीमा वृद्धि भएको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन।