ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

By खबरहब

January 01, 2023

पोखरा– प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरूपमा उद्घाटन गरेका हुन्। 

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुगेका हुन् । उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि छन्।