काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलमा आइतबार बम आक्रमण भएको छ । बम आक्रमणमा परी केही मानिस हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन् ।
‘आज बिहान सैनिक एयरपोर्टको गेटबाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही नागरिकको मृत्यु र घाइते भएका छन्,’ प्रवक्ताले आइतबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
उनले घटनाबारे थप विवरण भने दिएनन् । घटनाको अनुसन्धान शुरु भएको उनले बताएका छन् । हालसम्म विस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।