सांकेतिक तस्वीर

देश/प्रदेश

डोटीमा एक जना मृत फेला

By खबरहब

January 01, 2023

धनगढी– डोटीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दिपायल स्थित सिलगढी नगरपालिका वडा नम्बर ८ देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत फेला परेका हुन् । 

कडायत गोगनपानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यही पौष ११ गते घरबाट निस्केका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा सो वन क्षेत्रमा शव फेला परेका थिए । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।