तस्वीर- डीडब्लू

अन्तर्राष्ट्रिय

इरान-पाकिस्तान नाका बन्द हुँदा हजारौँ मजदुरको विचल्ली

By खबरहब

January 01, 2023

काठमाडौँ- इरान–पाकिस्तान सीमामा पर्ने तफ्तन नाका बन्द हुँदा हजारौँ मजदुरको विचल्ली भएको छ । पाकिस्तानबाट प्रकाशित हुने इन्तखाब दैनिकका अनुसार एक वर्ष अघिबाट तफ्तन नाका ठप्प हुँदा हजारौँ मजदुरहरु बेरोजगार भएका छन् ।

दैनिक श्रम गरेर जीवन गुजारा गर्दै आएका सो क्षेत्रका हजारौँ मजदुर सहित साना उद्योग एवम् व्यवसाय गर्दै आएका ब्यापारी पनि नाका ठप्प हुँदा समस्यामा परेका छन् ।

उनीहरुका लागि दैनिक दुई छाक खान पनि समस्या रहेको इन्तखाब दैनिकले जनाएको छ । केही समयअघि सो क्षेत्रमा नयाँ पूर्वाधार एवम् संरचना निर्माण गरिएको भएपनि सरकारले नाका बन्द गरिदिँदा स्थानीयको जीवनयापनमा समस्या परेको हो ।

आफ्नो स्वार्थका लागि केही प्रभावशाली व्यक्तिले उक्त नाका बन्द गराएको स्थानीयबासीलाई उद्धृत गर्दै इन्तखाबले जनाएको छ ।