फाइल तस्वीर

अन्तर्राष्ट्रिय

राष्ट्रसंघ महासचिवद्वारा आतंककारी गतिविधि बन्द गर्न तालिबानलाई आह्वान

By खबरहब

January 01, 2023

काठमाडौँ-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानबाट हुने आतंककारी गतिविधि बन्द गर्न तालिबानलाई आह्वान गरेका छन् । न्यू योर्कमा बोल्दै महासचिव गुटरेसले अफगानिस्तानबाट हुने आतंककारी गतिविधि बन्द गर्न तालिबानसमक्ष आह्वान गरेका हुन् ।

पाकिस्तानमा पछिल्लो समय बढ्दै गएका आतंककारी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै महासचिवले अफगान भूमिबाट सञ्चालित हुने आतंककारी गतिविधिबाट छिमेकी मुलुकमा समेत उच्च जोखिम रहेको उल्लेख गरे ।

उनले अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानको हितको लागि पनि सो क्षेत्रमा आतंककारी गतिविधि बन्द हुनुपर्ने उनको धारणा छ । उनले अफगानिस्तानमा आतंककारी गतिविधि अन्त्यका लागि राष्ट्रसंघले तालिबानसँग संवाद जारी राखेको पनि जानकारी दिए ।