फाइल फोटो

आर्थिक

बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

By खबरहब

February 01, 2023

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।

मंगलबार एक लाख पाँच हजार आठ सयमा कारोबार भएकाो छापावाल सुन आज पाँच सयले बढेर एक लाख छ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सयमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ७० पुगेको छ ।