तस्विर- बीबीसी

राजनीति

अमेरिकी सहयोग नियोग प्रमुख सामन्था नेपाल भ्रमणमा आउँदै 

By खबरहब

February 01, 2023

काठमाडौँ– अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्।

युएसएडले एक विज्ञप्ति जारी गरेर पावर फेब्रुअरीको पहिलो हप्तामै काठमाडौं आउन लागेकी जनाएको छ । उनी आउने आइतबार काठमाडौं आइपुग्ने बताइएको छ ।

राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्ड नेपाल भ्रमणबाट सकेर फर्केको एक साता नबित्दै उच्च अमेरिकी अधिकारी नेपाल आउन लागेकी हुन्।

पावरले नेपालमा राजनीतिक भेटघाटसँगै नागरिक समाजका अगुवा, विद्यार्थी, व्यापारी र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछिन्। प्रजातान्त्रिक, समावेशी, समृद्ध र सुदृढ मुलुक बन्न नेपालले गरिरहेका प्रयत्नमा छलफल केन्द्रित रहने युएसएडले जनाएको छ ।