फाइल फोटो

आर्थिक

भारतबाट बढेर आयो इन्धनको मूल्य

By खबरहब

February 01, 2023

काठमाडौं– भारतबाट इन्धनको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार निगमलाई नयाँ मूल्यसूची प्राप्त भएको छ।

यसअनुसार खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको छ। पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले महँगिएर आएको निगमले जनाएको छ। मटीतेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाई इन्धन लिटरमा ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ। 

भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।