फाइल फोटो

समाचार

लमजुङमा ५ हजार सवारीसाधन कारबाहीमा

By खबरहब

February 01, 2023

लमजुङ– ट्राफिक प्रहरी कार्यलय लमजुङले ६ महिनाको अवधिमा सवारी नियम उल्लघंन गर्ने ४ हजार ९५० सवारीसाधन कारवाही गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा भएका कारबाहीबाट ३३ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । 

पछिल्लो समय ट्राफिक नियम उल्लघंन गरि सवारी चलाउनेको संख्या बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । दैनिकजसो चेकजाँच गरिएको र नियम उल्लघंन गरि सवारी चलाउनेलाई कारवाही स्वरुप जरिवाना गर्ने गरिएको छ।  

सवारी दुर्घटनालाई न्यूनिकरण गर्न र ट्राफिक नियम पालना गरेर मात्रै सवारी चलाउन सन्देश दिने लक्ष्यका साथ दैनिक चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लमजुङले जनाएको छ । 

सवारी कारबाहीबाट ६ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लघंन गर्नेमा सबैभन्दा बढी २ हजार २ सय २२ मोटरसाइकल रहेको छ । १ हजार ३०५ कारजीप, ६२५ ट्रक टिप्पर, २९४ बस, ३१२ ट्याक्टर र अन्य १९२ गरि ४ हजार ९५० सवारी कारबाही गरिएको हो ।