राजनीति

संविधानको मूल्य र मान्यताविपरीत टिप्पणी गरे स्वीकार्य नहुने चेतावनी

By खबरहब

February 01, 2023

काठमाडौँ- सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरूले संविधानको मूल्य र मान्यताविपरीत फेरि टिप्पणी गरे स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्रीहरूलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरि नगर्न सचेत गराएका हुन् ।

उनले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरूले त्यस्ता खालका गल्ती गर्न नहुने स्पष्ट पारे । सांसद बस्नेतले राजनीतिक दलहरुलाई आ-आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भए पनि सरकारमा रहेका मन्त्रीहरूलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि बताएका छन् ।