समाचार

बुटवल उपमहानगरमा स्वास्थ्य केन्द्र निर्माण

By खबरहब

February 01, 2023

देउखुरी– बुटवल उपमहानगरपालिकाभित्र ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउन सुविधा सम्पन्न दुईवटा भवन निर्माण थालिएको छ । वडा नं १७ को मोतीपुर र वडा नं १३ को बेलबासमा १६-१६ शय्याका अक्सिजन सुविधासहित स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो । 

एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि एक करोड ५७ लाख लाग्ने बताइएको छ । उक्त केन्द्रको भवन निर्माणका लागि गत मङ्सिरमा बोलपत्र स्वीकृत भएकामा  निर्माण कम्पनीले आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । 

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहित स्वास्थ्यकर्मी रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका सेवा प्रदान गरिने उपमहानगरले जनाएको छ । तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रका लागि  जनशक्ति तथा आवश्यक पूर्वाधार बुटवल उपमहानगरले उपलब्ध गराउने जनाइएको छ ।