ब्रेकिङ स्टोरी

रास्वपाका चितवन सभापति सापकोटाद्वारा राजीनामा

By खबरहब

February 01, 2023

चितवन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन् । पार्टीमा व्यक्तिवाद हावी भएको भन्दै उनले राजीनामा दिएका हुन् ।

सापकोटाले रास्वपाका प्रवक्ता मुकुल ढकालसमक्ष काठमाडौंमा राजीनामा बुझाएका छन् । अब आफू स्वतन्त्र रहने समेत उनले बताए ।

उनले रवि लामिछानेसहितको टिमले जिल्ला कमिटीलाई वेवास्ता गरेर हिँड्ने गरेको कुनै मूल्यमान्यता र सरसल्लाह र बैठकसमेत नभएको बताए ।

 राजीनामा दिएका सभापति सापकोटाले चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै भए पनि चुनावपछि भने गतिविधि राम्रो नभएको आरोप लगाएका छन् ।