फाइल फोटो

समाचार

टुकुचा उत्खनन गर्ने महानगरको अभियान रोक्न उच्च अदालतको अन्तरिम आदेश

By खबरहब

February 01, 2023

काठमाडौँ– उच्च अदालत पाटनले हात्तिसार क्षेत्रमा पर्ने टुकुचा उत्खनन गर्न डोजर चलाउने काठमाडौं महानगरको अभियान रोक्न अन्तरिम आदेश दिएको छ। 

न्यायाधीशहरू महेश पौडेल र राज्यलक्ष्मी ब्रजाचार्यको इजलासले  बुधबार हात्तिसार वरपरको टुकुचाक्षेत्रमा उत्खनन गर्ने महानगरपालिकाको अभियानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको हाे। लिखित फैसला भने बिहीबार आउने उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

हात्तिसार क्षेत्रका २१ घरधनीले महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए।