फाइल फोटो

राजनीति

परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको शिष्टाचार भेटवार्ता

By खबरहब

February 01, 2023

काठमाडौँ– परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्री पौड्यालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापलरले गरेको भेटमा नेपालमा स्वीस् विकास कोअपरेशनअन्तर्गत सञ्चालित कार्यक्रमका साथै दुई देशबीचको सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो ।

यसैगरी मन्त्री पौड्यालसँग आजै नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले पनि शिष्टाचार भेटवार्ता गरेका थिए । उहाँहरूबीचको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा सहकार्य र सहयोगबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।