अपराध

आफ्नै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ

By खबरहब

March 01, 2023

भक्तपुर – प्रहरीले आफ्नै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा बस्ने दोलखा मेलुग गाउँपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो।

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ। उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए।

मध्यपुरथिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी वृत्त थिमि भक्तपुरमा राखिएको छ।