फाइल फोटो

राजनीति

सरकारमा नगएसम्म कांग्रेस पनि प्रतिपक्षी बेन्चमा बस्ने

By खबरहब

March 01, 2023

काठमाडौँ – प्रतिनिधसभा सभाको आजको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षी बेञ्चमा बस्ने भएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएको एमाले दुबै प्रतिपक्षको मञ्चमा बस्ने भएको हो।

‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौं’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने । सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षी बेन्चमै बस्न लागेको हो ।