फाइल तस्वीर

राजनीति

प्रदेश १ को नाम आज प्रस्ताव गरिँदै, ‘कोशी’मा सहमति नजिक

By खबरहब

March 01, 2023

विराटनगर – प्रदेश १ को नामकरण सबन्धमा बस्न लागेको प्रदेशसभा बैठकमा १२ बजेभित्र सांसदहरूले नामकरण प्रस्ताव गरिसक्नु पर्ने भएको छ ।

प्रदेश १ को संसद सचिवालयले एक सुचना जारी गर्दै नाम पेस गर्नका लागि समयसीमा तोकेको छ । पहिलो कार्यकालमा न नसकेको नामकरण आज गर्ने उदेश्यसहित प्रदेश १ ले सुचना जारी गरेको हो । प्रदेशसभा सचिवालय गोपालप्रसाद पराजुलीका अनुसार १२ बजेसम्म प्रदेशको नाम प्रस्ताव पेस गर्नका लागि सुचना जारी गरिएको छ ।

‘नेपालको  संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नम्बर १ को नामाकरणका लागि प्रदेश सभा नियमावली–२०७४ (पहिलो संसोधनसहित)को नियम ५८ (ख) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रदेश नम्बर १ को प्रदेश सभा सदस्यहरूलाई  २०७७९ फागुन १७ गते दिनको १० बजे देखी १२ बजेसम्म आफ्नो नाम प्रदेश सभा सचिवालय समक्ष दर्ता गराउन हुन माननीय सभामखज्युको आदेश अनुसार माननीय सदस्यहरूको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।

आजै प्रदेशको नामकरण हुने गरी कार्य तालिका बनाईएको छ, जसअनुसार नेपाली कांग्रेस र नेकपा एमालेले ‘कोशी’ प्रदेश राख्न सहमत भएको बुझिएको छ । दुवै दलले त्यसमा सहमति जुटाउनका लागि साना दलहरुसँग प्रयास गरिरहेका छन् ।