ब्रेकिङ स्टोरी

प्रदेश-१ को नामकरणका लागि दुई दलद्वारा छुट्टै प्रस्ताव दर्ता

By खबरहब

March 01, 2023

मोरङ- प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् । नेकपा एस र जसपाले संयुक्तरूपमा झकिरात-लिम्बुवान-सगरमाथा प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

उक्त नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा नेकपा एसका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारूढ दल एमालेले संयुक्त रूपमा झकोशी प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन् ।