ब्रेकिङ स्टोरी

प्रदेश-१ को नाम ‘कोशी’ राख्ने प्रस्तावमा कांग्रेसद्वारा समर्थन फिर्ता

By खबरहब

March 01, 2023

काठमाडौँ- प्रदेश- १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी प्रदेश नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसद्‌मा दर्ता भएको थियो।

प्रस्ताव दर्ता भएको केही घन्टापछि कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन्। 

 त्यसैगरी प्रदेश १ को किरात लिम्बुवान सगरमाथा राख्न नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर प्रदेश सभामा अर्को प्रस्ताव पनि दर्ता गरेका छन् ।