फाइल तस्वीर

क्रिकेट

पूर्वकप्तान लामिछाने त्रिकोणात्मक सिरिज खेल्न यूएई प्रस्थान

By खबरहब

March 01, 2023

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न यूएई प्रस्थान गरेका छन् ।

उनी ३ बजेको उडानबाट यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । उनीसँगै क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह पनि यूएई प्रस्थान गरेका छन् ।

नेपालले सिरिजअन्तर्गत भोलि आफ्नो दोस्रो खेल आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुनसक्ने जनाइएको छ । टिममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।

सन्दीपलाई टिममा समावेश गर्न आईसीसीले अनुमति दिइसकेको छ ।