फाइल तस्वीर

राजनीति

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

By खबरहब

March 01, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आठ दलको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले सरकारमा जाने विषयमा आफूहरु सकारात्मक रहेकाले प्रक्रिया सुरु भएपछि छलफल अघि बढाउने बताए । पार्टीभित्र सरकारमा गए कुन मन्त्रालय लिने भन्ने विषयमा कुनै छलफल नै नभएको उनको भनाइ छ ।

अहिलको अवस्थामा पार्टीले गरेका निर्णयहरु सही नै भएको उनले बताए ।