फाइल तस्वीर

राजनीति

प्रचण्डले पाँचै वर्ष सरकार चलाउने कांग्रेस उपसभापति खड्काको दाबी

By खबरहब

March 01, 2023

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचै वर्ष सरकार चलाउने दाबी गरेका छन् ।

गृहनगर सुर्खेत पुगेका उपसभापति खड्काले सो सहमतिअनुसार कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेको जानकारी दिए ।

माओवादीका अध्यक्ष प्रचण्डले अढाई वर्ष, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित डेढ वर्ष सरकारको नेतृत्व गर्ने बताइएका बेला उपसभापति खड्काले भने प्रचण्डले नै ५ वर्ष सरकार चलाउने दाबी गरेका हुन् ।

उनले ८ वर्षअघि नै कुनै पनि सरकारमा मन्त्री नहुने जनाएकाले प्रचण्ड सरकारमा पनि सामेल नहुने जानकारी दिए ।