खेलकुद

जी-२ प्रतियोगितामा सहभागी हुन तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्का बुल्गेरिया जाँदै

By खबरहब

March 01, 2023

काठमाडौँ- बुल्गेरियाको राजधानी सोफियामा मार्च ३ देखि ६ सम्म आयोजना हुने वर्ल्ड र्‍याङ्किङ जी-२ प्रतियोगितामा सहभागी हुन तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का आज त्यसतर्फ जाने भएका छन् ।

स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय रेफ्री एवम् प्रशिक्षक समेत रहेका खड्काले बुल्गेरिया ओपनमा ग्यारोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

उनी ग्यारोगी पुम्से र पाराका नेपालका एकमात्र अन्तर्राष्ट्रिय निर्णायक हुन् । उनी ग्यारोगीका दोस्रो क्लास र पुम्से विधाका तेस्रो क्लासका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

उनले हालसम्म ग्यारोगीतर्फ २० र पुम्सेतर्फ ५ भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।