तस्वीर- एनईनाउ

अन्तर्राष्ट्रिय

भारत मणिपुरको पर्यटन क्षेत्रमा अमेरिकाले ५० करोड डलर लगानी गर्ने

By खबरहब

March 01, 2023

काठमाडौँ– अमेरिकाले भारतको मणिपुर राज्यको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्न अमेरिका सहमत भएको जानकारी दिएका हुन् ।

राज्यको राजधानी इम्फालमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्नेबारे अमेरिकी कम्पनीले औपचारिक सहमति जनाएको जानकारी दिएका हुन् ।

यसबाहेक मुख्यमन्त्री सिंहले राज्यका नर्सलाई पठाउन पेरु र अर्जेन्टिनाका प्रतिनिधिहरुले आग्रह गरेको समेत जानकारी दिएको नर्थइस्ट नाउको अनलाइन संस्करणले जनाएको छ । उनले सम्झौताअनुसार हाल राज्यका धेरै नर्सहरु जापानमा समेत कार्यरत रहेको जानकारी दिए ।