देश/प्रदेश

मर्स्याङ्दीमा नुहाउने क्रममा बगेर एक कामदार बेपत्ता

By खबरहब

March 01, 2023

लमजुङ – लमजुङको राइनास नगरपालिका-८ तार्कुघाटबाट मर्स्याङ्दी नदीले बगाउँदा एक जना कामदार बेपत्ता भएका छन् । नुहाउने क्रममा ती युवकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले बताए ।

तनहुँको नेपालडाँडातर्फ खानेपानी लिफ्टिङ योजनामा कार्यरत बैतडीको पाटन नगरपालिका ८, सिद्धेश्वर खोडपेका २१ वर्षीय करणसिंह थलाललाई मर्स्याङ्दीले बगाएको प्रहरीले जनाएको छ ।

काम गरेर मंगलबार साँझपख घर फर्किने क्रममा मर्स्याङ्दीमा नुहाउने क्रममा बगाएको जानकारी आएको डीएसपी श्रीमलले बताए । उनका अनुसार बेपत्ता युवकको खोजीकार्य भइरहेको छ । बुधबार साँझसम्म थलाललाई भेटिएको छैन ।