फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रदेश १ को नाम कोशी प्रदेश कायम

By खबरहब

March 01, 2023

काठमाडौँ- प्रदेश १ को नाम कोशी प्रदेश कायम भएको छ । प्रदेशसभाको आज बसेको बैठकले कोशी प्रदेश नाम बहुमतले पारित गरेको हो ।

प्रदेशको नाम कोशी प्रदेश राख्ने पक्षमा ८२ जना प्रदेशसभा सदस्यले मत दिएका थिए ।

कोशी प्रदेश नाम राख्ने प्रस्तावको विपक्षमा ४ मत परेको थियो । मतदानमा ६ जना प्रदेशसभा सदस्य भने अनुपस्थित रहेका थिए ।