फाइल तस्वीर

राजनीति

भीम रावलसँग वार्ता गर्न एमालेद्वारा समिति गठन

By खबरहब

April 01, 2023

काठमाडौँ- नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावलसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालयको बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा गठन गरेको समितिमा सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि सदस्य छन् ।

रावलसँग वार्ता गरी पार्टीमा जिम्मेवारी दिने सचिवालय बैठकको निर्णय छ ।