राजनीति

नेपाल आमा रोइरहेकी छिन्, अहिलेको भागबण्डा र लुछाचुँडीलाई तोड्नुपर्छ : रमेश खरेल

By खबरहब

April 01, 2023

काठमाडौँ- बारा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उम्मेदवार बनेका रमेश खरेलले सुशासन कायम गर्न सबै देशभक्तहरु एकै ठाउँमा आउनुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

रास्वपाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाल आमा रोइरहेको बताउँदै अहिलेको भागबण्डा र लुछाचुँडीलाई तोड्नुपर्ने बताएका हुन् ।

अहिले देशमा भइरहेको निराशालाई आशामा बदल्ने पार्टी रास्वपा मात्र आफूले पाएको र आफू पार्टीमा आएको खरेलको भनाइ छ । उनले आफू चुनाव लड्न मात्र पार्टीमा नआएको बताए ।