सांकेतिक तस्बिर

देश/प्रदेश

सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ

By खबरहब

April 01, 2023

काठमाडौँ- सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका १५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागूऔषधसहित पक्राउ परेका हुन् ।

सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसंग झैझगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

शरीरमा तलासी लिँदा उनीबाट नाइट्राभेट १२ ट्याब्लेट, लागूऔषध गाँजा बरामद गरेको हो ।