देश/प्रदेश

रामेछापमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

April 01, 2023

काठमाडौँ- रामेछापको खाँडादेवि गाउँपालिका–१ डाँडागाउँमा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

खाँडादेवी गाउँपालिका–२ दिमीपोखरीबाट काठमाण्डौका लागि छुटेको बा १६ च ३२२५ नम्बरको जीप खाँडादेवि–१ डाँडागाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा बोलेरो चालक खाँडादेवि गाउँपालिका–७ का ३३ वर्षका कालुमान तामाङको घटनास्थलमै ज्यान गएको छ।

यस्तै, खाँडादेवि गाउँपालिका–७ का ३७ वर्षका रुपसिंह तामाङ, २३ वर्षकी सुष्मा तामाङ र उनका छोरा १० वर्षका नेस्नल तामाङ, ३३ वर्षकी सविना तामाङ र उनकी छोरी ७ वर्षकी कुुइन तामाङ, ४२ वर्षका दिनेश श्रेष्ठ र एक जना जापानका नागरिक ४३ वर्षकी सातो काजुभी घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।